बलात्कार आरोपी पक्राउ गर्न गएको प्रहरीले किन लगायो महिलाको हातमा हतकडी ?


 


धनकुटा, साउन १४

धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका २ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

२९ बर्षीय झलकमान राईले स्थानीय एक वृद्धालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले झलकमानलाई खोज तलास गर्ने क्रममा उनको गोठमा लुकाइराखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको धनकुटाका डीएसपीले जानकारी दिए ।

गाँजासहित झलकमानकी श्रीमती कुसुम राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रविणलाल श्रेष्ठले बताए ।

झलकमानले साउन २ गते स्थानीय ६६ बर्षीया वृद्धालाई बलात्कार गरेको आरोप छ । घटनापछि फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्