प्रतिवद्धताविपरीत प्रधानमन्त्रीले ४५ लाख बाँडेको खुलासा, कसलाई-कसलाई बाँडे ?


 


काठमाडौं, साउन १४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठ जनालाई गरी ४५ लाख आर्थिक सहायता वितरण गरेको छ । सांसद् रामेश्वर ढुंगेललाई चार लाख आर्थिक सहायता दिइएको छ भने बुद्धिकुमारी पाण्डे रुपन्देहीले पाँच लाख सहायता पाएकी छन् ।

असार महिनामा मात्र आठ जनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्