एकीकरण भाँडिएपछि नयाँ शक्तिमाथि फोरमले चाल्यो यस्तो ‘एक्सन’, समस्यामा बाबुराम


 


काठमाडौं, साउन १४

स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ।आजको नागरिकमा खबर छ।

समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए।

निर्वाचन आयोगले पार्टीगत हैसियतमा चुनाव चिन्ह नदिएपछि नयाँ शक्तिले पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा समाजवादी फोरमको चुनाव चिन्ह हातले बोकेको मसाल प्रयोग गरेको थियो।

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्