सुनको मूल्य घट्यो, कति पुग्यो आज ?


 



काठमाडौं, साउन १३
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँमा झेरेको छ । विहीबार मात्रै चाँदीमा १० रुपैयाँ बढेर प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्