राजपाका केन्द्रीय नेता फरार सूचीमा


 


काठमाडौं, साउन १३

तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन्। दुई सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन् ।

मधेस आन्दोलनका गम्भीर घटनामध्ये ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ। छिनोफानो गर्न बाँकी रहेका ६६ मुद्दामा ४ सय ३१ जना आन्दोलनकारी मुछिएका छन् ।

६६ वटा मुद्दामध्ये ५२ वटा मुद्दाका २ सय ७२ जना अहिले पनि फरार सूचीमा रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ।

तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र हाल राजपा नेपालका पदाधिकारीहरु पनि फरार सूचीमा छन्।

मुद्दा फिर्ता हुने छलफलका क्रममा गम्भीर। प्रकृतिको मानिसको टिकापुर घटनामा राजपाका केन्द्रीय सचिव रेशम चौधरीसहितका पदाधिकारी फरार छन् । यस्तै जलेश्वरमा प्रहरी हत्याको घटनामा संलग्न रहेका महासचिव देवेन्द्र यादवसहितका नेताहरु फरार सूचीमा छन् ।

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्