भरतपुर मुद्धाको सुनुवाई फेरि सर्यो, कहिले हुन्छ अन्तिम फेसला ?


 


काठमाडौं, साउन १२

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना वा मतदान भन्ने विषयमा अाज पनि अन्तिम सुनुवाई हुन सकेन ।

लामो समयदेखि स्थागित हुँदै र सर्दै आएको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । मुद्दाको अर्को सुनुवाई साउन १५ गते आइतबारका लागि तोेकिएको छ । आइतबार निवदेक पक्षीय वकिलले बहस गरेपछि सोही दिन फैसला सार्वजनिक हुने अदालतले जनाएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै यसअघि पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

भरतपुरमा मतगणना गर्दागर्दै मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुत मतदान गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पुन मतगणनाको माग गर्दै जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्