सुनको मूल्य बढ्यो, कति छ आज ?


 



काठमाडौं, साउन १२
बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले महंगिएको छ । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्