राप्रपा सरकारमा नजाने, संविधान संशोधन के गर्छ ?
काठमाडौं, साउन १२
राप्रपा सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका विषयमा सत्तारुढ दलहरूसँग वार्ता गर्न बनाएको वार्ता समिति पनि उसले भंग गरेको छ ।
राप्रपाले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्ती शाही र नेता दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति बनाएको थियो ।
राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए । तर, पार्टी संविधान संशोधनको पक्षमा भने रहने उनले बताए ।
‘संविधान संशोधनको पक्षमा रहने निर्णय पार्टी बैठकले गरिसकेको छ, यसमा हामी पछि हट्दैनौँ, तर अब सरकारमा जाने सम्भावना भने सकिएको छ,’ प्रवक्ता श्रेष्ठले भने । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति: १२ श्रावण २०७४, बिहिबार