प्रधानमन्त्री देउवाको निर्देशन अवज्ञा, कर्मचारीको जम्बो टोली इटालीमा


 


काठमाडौं, साउन १२

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको ‘जम्बो टोली’ तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ ।

इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित ‘सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् ।

इटालीमा साउन ८ देखि सुरु उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुने छ । ७ दिने तालिम र सात दिने अवलोकनका लागि छुट्याइएको छ ।

ती सबै कर्मचारी एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च व्यहोर्ने गरी इटाली गएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्