मन्त्रिपरिषद् विस्तारपछि भारत भ्रमणको तयारी गर्दै प्रधानमन्त्री, कहिले जाँदैछन् ?


 


काठमाडौं, साउन १२

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमणमा जाने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ।

भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन जाने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ। आजको अन्नपूर्णमा खबर छ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफल पछि यो मिति तय भएको हो। श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ गतेको मिति बारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ। पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने संभावना रहेको यो भ्रमणमा माइलस्टोन हुने खालको संझौता भने हुँदैन्, श्रोतले भन्यो।

आसन्न भ्रमण दुइ मुलुकबीच विगतमा भएका सहमति र संझौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलाइ सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ।

भ्रमणमा प्रधानमन्त्री देउवाले भारतले नेपालको पूननिर्माणकालागि सहयोग गर्ने भनेको एक अर्ब अमेरिकी डलर बराबरको सहायता परिचालने, पन्चेश्वर परियोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार हुन नसकेको विषय उठान गर्ने बुझिएको छ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजको बिमस्टेक बैठक पछि नै यो भ्रमण गराउने भारतीय पक्षको मनसाय अनुरुप भ्रमण अगस्तको अन्तिम साता गराउन लागिएको बुझिएको छ। स्वराज बिमस्टेक बैठककलागि अगस्त १० र ११ नेपाल भ्रमण गदैछिन्।

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्