घरायसी विवादमा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या


 



वीरगन्ज, साउन ११
बारामा बन्चरो प्रहार गरेर एक जनाले श्रीमतीको हत्या गरेका छन्। कलैया उपमहानगरपालिका –२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी पत्नी उन्ती रामको हत्या गरेको बारा प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण कृष्णले मंगलबार राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

पत्नीको हत्यापछि कृष्ण फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्