नक्कली कागजका आधारमा महिलाले यसरी बुझिन् १० लाख राहात


 


स्याङ्जा, साउन ११

दस वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातका आधारमा साविकको श्रीकृष्णगण्डकी–९ की गीता भट्टराईले १० लाख रकम बुझेकी छन् ।

आफ्नो छोरा राजेन्द्रको द्वन्द्वको क्रममा माओवादीले हत्या गरेको कागज बनाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पाँचौ प्रतिवेदनमा द्वन्द्व प्रभावितको नामावलीमा नाम अंकित गरी उनले राहत रकम लिएकी हुन् ।

१३ जेठ २०४८ मा मृत्यु भएको छोराको पाँच वर्ष पछाडि १३ जेठ ०५३ मा मृत्यु दर्ता गराई सरकारको ढुकुटीको दुरुपयोग गरेको स्थानीय इन्द्र थापाले बताए । उनले मृतक राजेन्द्र र छिमेकी रेश्मीराज भट्टराई आँप खान बगैँचामा गएका बेला आँप झार्न रेश्मीले फालेको झटारोले रुखमा गएका राजेन्द्रलाई लागेर घाइते हुँदा धेरै रगत बगेर मृत्यु भएको बताए ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातको आधारमा १० लाख राहत लिने गीता भट्टराईको खाता रोक्का गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

 

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्