यू–१९ विश्वकप छनोट : अफगानिस्तानद्वा नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत


 


काठमाडौं, साउन १०
सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । खेलमा इब्राहिम जादरानले शतक प्रहार गरे ।

ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । त्यस्तै, अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए ।

नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्