सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो


 



काठमाडौं, साउन १०
दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज तेस्रो पनि तलमाथि भएको छैन । आज पनि सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ७ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्