को-को अाउँदैछन भोजपुरमा सभासद ?
भोजपुर, असार ३१
संविधानको प्रारम्भिक मस्यौदा उपर सार्वजनिक सुनुवाई कार्यक्रमका लागि भोजपुरमा पाँच जना सभासद अाउन भएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रम साउन ४ गते हुँदैछ ।
क्षेत्र नं १ को कार्यक्रम दिङ्ला बजार र क्षेत्र नं २ को घोरेटार बजारमा हुँदैछ । त्यस्तै साउन ५ गते भोजपुर सदरमुकाममा समेत कार्यक्रम हुने संविधानसभा सचिवालयले जनाएको छ ।
क्षेत्र नं १
कृपासुर शेर्पा
ज्ञानेन्द्रबहादुर कार्की
जयन्ती राई
क्षेत्र नं २
शेरधन राई
मिन विश्वकर्मा
प्रकाशित मिति: ३१ असार २०७२, बिहिबार