कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, साउन ९
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज पनि हिजो (सोमबार) कारोबार भएको मूल्य प्रतितोला ५४ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ । सुनको मूल्य हिजो मात्रै ४ सय रुपैयाँले बढेर ५४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्