रक्षा मन्त्रालयको वेभसाइट ह्याक


 



काठमाडौं, साउन ९
नेपालको रक्षा मन्त्रालयको वेभसाइट ह्याक भएको छ । मन्त्रालयको http://mod.gov.np/ वेभसाइट खोल्दा अंग्रेजी गीत सुन्न सकिन्छ । जहाँ ह्याकरहरुले आफ्नो सन्देश र गीत राखेका छन् ।

ह्याकरहरुले सन्देशमा आफूलाई प्याराडक्स साइबर घोस्ट भनेर चिनाइएको छ । ‘सुरक्षा भ्रम मात्र हो, हामी अजय छौं’ ह्याकरहरुले होमपेजमा सन्देश लेखेका छन् ।

यसअघि पनि नेपालमा बेलाबेला सरकारी तथा मन्त्रालयका वेभसाइटहरु ह्याक हुने गरेका छन् ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्