भोलि मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?


 


काठमाडौं, साउन ९
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । केन्द्रीय समितिको बैठक सकिएलगत्तै मन्त्रीपरिषद विस्तार गर्ने देउवाको तयारी छ । तर आज केन्द्रीय समितिको बैठक सकिने नसकिने टुंगो छैन्।

अहिले कांग्रेसका १०, माओवादी केन्द्रका ६, लोकतान्त्रिक फोरमका २ र नेकपा संयुक्तबाट एक मन्त्रीसहित १९ जनालाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री देउवाको छ ।

कांग्रेसबाट बलबहादुर केसी, रामकृष्ण यादव, मीन विश्वकर्मा, भिष्मराज आङदेम्बे, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान, सरिता प्रसाई, दिपक खड्का, कमला पन्त, बद्री पाण्डे, जीवन परियार लगायतबाट मन्त्री बन्ने सम्भावना छ ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्