राप्रपा नयाँ मोडमा, १५ सांसद सहित पार्टी फुट्ने संकेत


 



काठमाडौं, साउन ९

पूर्वपञ्चहरुको पार्टि राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन ।

सदाबहार झगडिया पार्टीको छवि बनाएका यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झै सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठकबहिष्कार गरिरहेका बेला एउटा समुह कमल थापासंग बस्नै नसक्ने निष्कर्षमा पुगेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्