जोर्डनसँग श्रम सम्झौताको तयारी हुँदै


 



काठमाडौं, साउन ९
नेपाली महिलाले रुचाएको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न श्रम तथा रोजगार मन्त्रालयले पहल थालेको छ ।

केही दिन अघिमात्र मन्त्रालय र जोर्डनका अधिकारीबीच श्रम सम्झौताका बुँदामा सहमति भैसकेको र चाँडै दुईपक्षीय श्रम सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

अबको एक महिना जतिमा श्रम सम्झौता गरिसक्ने योजना छ । आजको नागरिकमा खबर छ ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्