‘स्रोत सुनिश्चितता’मा करोडौं रकम अनियमितता


 



काठमाडौं, साउन ९

राजनीतिक दलहरुले कार्यकर्ता रिझाउन गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितताका नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ ।  आजको नागरिक दैनिकले लेखेको छ

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि ५ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ बजेट पठाएको थियो । यस्तो बजेटको ठूलो हिस्सा कामै नगरी खाएकाले अनियमितता भएको हो ।

अर्थ मन्त्रालयका उच्च अधिकारीका अनुसार, स्रोत सुनिश्चितामा गएको बजेटअन्तर्गतका योजना र कार्यक्रम उपभोक्ता समितिमार्फत काम गर्ने गरी सम्झौता भएका छन् । उपभोक्ता समितिमध्ये अधिकांशले कामै नगरी वा थोरै काम गरेर पूरै बजेट भुक्तानी लिएको गुनासा मन्त्रालयमा आउने गरेको छ ।

 

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्