मधेशबादी दलले छोडेको ‘एक मधेश एक प्रदेश’को मुद्दा माओबादीले व्युताउँदै


 


काठमाडौं , साउन ९

मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ ।

समग्र मधेस एक प्रदेशको मुद्दा व्युँताउन भन्दै माओवादी केन्द्रको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा हेर्डक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

शनिबार काठमाडौंमा एक भेला आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुट्न आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरुसमेत छन् ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्