चुडामणिको मुद्दामा सर्बोच्चले मगायो विशेषको फाइल


 


काठमाडौं, साउन ८  

कर फच्र्योट आयोगका निलम्बित महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्बोच्च अदालतले विशेष अदालतको सम्पूर्ण मिसिल झिकाउन आदेश दिएको छ ।

अख्तियारको थुनामा रहेका शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहद पूर्ण इजलास उक्त आदेश दिँदै स्थगित भएको छ ।

यसअघि न्यायाधीशद्व चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फर्छ्योट आयोग अर्धन्यायीक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाइ पूर्ण इजलासले गर्नुपर्ने ठहर गरेको थियो ।

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्