चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज हुँदै


 



काठमाडौं, साउन ८

कर फच्र्योट आयोगका निलम्बित महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज हुँदैछ ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले श्रीमानलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले गर्दैछ।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हासहितको बृहद् पूर्ण इजलासले आज यसमा सुनुवाई गर्नेछ ।

यसअघि कर फर्छ्यौट आयोग अर्ध न्यायिक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले यसको सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्