जलविद्युत आयोजनाले खनेको खाल्डोमा खसेर बालिकाको मृत्यु


 


दार्चुला, साउन ८
बैतडीमा चमेलिया जलविद्युत्त आयोजनाले खनेको खाल्डोमा परी एक बालिकाको ज्यान गएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–१ बलाचका हर्कबहादुर खडायतकी १० वर्षीया छोरी अनीशा खडायतको खाल्डोमा परि मृत्यु भएको हो ।

बजार गइरहेको अवस्थामा आयोजनाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको प्रहरी चौकी बलातका नायब निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

चमेलिया जलबिद्युत आयोजनाको निमार्ण कार्य गरिरहेको चाइना गेजुवा पावर अफ कम्पनीले आयोजनाका लागि आवश्यक ढुंगा, गिट्टी निकालेपछि सो ठाउँमा खाल्डो बनेको थियो ।

बालिकाको ज्यान गएपछि आफन्तले निमार्ण कम्पनीको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै चाइना गेजुवा ग्रुपसँग क्षतिपुर्तीको माग गरेका छन ।

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्