मृतकले समेत लिए १० लाख राहत !


 


स्याङ्जा, साउन ८

१० वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकी छन्। आजको गोरखापत्रमा खबर छापिएको छ।

आफ्नो छोरा राजेन्द्र भट्टराईको द्वन्द्वको क्रममा माओवादीले हत्या गरेको कागत बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचैँ प्रतिवेदनमा द्वन्द्व प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन्।

वि.सं. २०४८ साल जेठ १३ गते मृत्यु भएको छोराको पाँच वर्ष पछाडि २०५३ जेठ १३ मा मृत्यु दर्ता गराई सरकारी ढुकुटीको दुरूपयोग गरेको स्थानीय इन्द्र थापाले बताए।

उनले मृतक राजेन्द्र र छिमेकी रेश्मीराज भट्टराई आँप खान बगैचामा गएको बेला आप झार्ने बेलामा रेश्मीले फालेको झटारोले रूखमा गएका राजेन्द्रलाई लागेर घाइते भएका हुँदा धेरै रगत बगेर उनको मृत्यु भएको बताए।

झटारोले लागेर राजेन्द्रको मृत्युपश्चात दोशी ठहरिएका रेश्मी भवितब्य मुद्दामा अदालतबाट २ वर्ष जेल सजाय भोगेर निस्किसकेका छन्। रेश्मीको पनि भारतमा नोकरी गर्न गएको बेला उतै मृत्यु भएको छ।

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्