दुगड समूहको खाद्य गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी


 


बाँके, साउन ७
नेपालगञ्जको भुजेल गाउँमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको छ ।

घ्यू, सोयाविनको तेल र गहुँ रहेको गोदाममा कति क्षति भयो भनेर भन्न सकिने अवस्था छैन । प्रहरी र स्यानीयबासी आगो नियन्त्रणमा लागेका छन् ।

नेपालगञ्ज उपमहाननगर र कोहलपुर नगरपालिकाको दुई वटा दमकल पनि आगो नियन्त्रणका लागि प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्