सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका चार संकायमा डिन नियुक्त, को-को भए ?


 


कञ्चनपुर, साउन ७

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको छ ।

परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख डा पूर्णबहादुर चन्द, व्यवस्थापन संकायका डिनमा कैलाली बहुमुखी क्याम्पसका पदमकान्त जोशी, शिक्षा संकायका डिनमा विश्वविद्यालयका सप्रा गोविन्द विष्ट र इन्जिनियरिङ संकायका डिनमा किशनदेव भट्टलाई नियुक्त गरेको हो ।

लामो समयदेखि रिक्त संकायमा चार डिनलाई चार वर्षका लागि नियुक्त गरिएको विश्वविद्यालय केन्द्रीय कार्यालयका उपप्रशासक गोविन्दबल्लव पन्तले बताउनुभयो । रासस

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्