११ वर्षीया गर्भवती बालिकाको जिम्मा सिविनले लियो


 



भोजपुर, साउन ७
गाउँकै एक युवकबाट गर्भवती बनाइएकी भोजपुरको अरुण गाउँपालिका–५ याकुकी ११ वर्षीया गर्भवती बालिकाको संरक्षणको जिम्मेवारी बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सिविन नेपालले लिएको छ ।

गर्भवतीपछि गाउँबाट निकालिएकी बालिकालाई अहिले महिला तथा बालबालिका कार्यालयको सिफारिसमा सिविन अन्तरगतको बाल हेल्प लाइन विराटनगरमा राखिएको छ ।

छिमेकी २० वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठको जबरजस्ती करणीबाट गर्भवती बनेकी बालिकाको स्वास्थ्य, शिक्षा तथा मनोवैज्ञानिक सहायताका लागि सिविनले संरक्षणको जिम्मा लिएको हो ।

स्थानीय एक विद्यालयमा ७ कक्षामा पढ्दै गरेकी बालिकाले पढ्ने इच्छा व्यक्त गरेको र सोही अनुरुप सिविनले पढाउने प्रतिवद्धता समेत जाहेर गरेको महिला विकास अधिकृत पुष्पलता उप्रेतीले बताइन् ।

दुर्गालाई जबरजस्ती करणी मुद्दा चलाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बालिकाको अवैध गर्भ रहेको खुलेपछि युवकको जिम्मा लगाइए पनि युवक फरार भएपछि उनको विचल्ली भएको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्