एकै परिवारका चार जनाको रहस्यमय मृत्यु


 



काभ्रे, साउन ७
काभ्रेको बनेपा नगरपालिका–८ स्थित एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ । शुक्रबार राति ९ बजेको समयमा बनेपा बसपार्कमा रहेको गौतम भोजनालयमा उनीहरुको शव फेला पारेको हो ।

मृत्युहुनेहरुमा ६५ वर्षीय बाबु हरि भक्त दाहाल, उनकी ६० वर्षीया श्रीमती हिरामाया, ३२ वर्षीय छोरा राजाराम दाहाल र २५ वर्षीया छोरी रञ्जना दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी नविनराज राईले जानकारी दिए ।
प्रहरीका अनुसार होटलको कोठामा शव छुट्टा छुट्टै अवस्थामा रहेको पाइएको थियो ।

इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनिल घिमिरेकाअनुसार कोठामा छोरी सजनाको शव टेवलमा र अन्य तीन जनाको भुइँमा मुखबाट फिज आएको अवस्थामा शव फेला परेको थियो ।

उनले भने ‘कोठा भित्रबाट लक गरेको थियो सटर फोरेर हामी भित्र प्रबेश गर्दा चार जनाको लाश फेला परेको पर्यो ।
कुनै शंकास्पद बस्तु फेला नपरेपनि विषका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने उनी बताउँछन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्