प्रहरीमा मनपरी, फेरि भयो पद थप्ने निर्णय


 


काठमाडौं, साउन ७

नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ।

११ पद बढाएर बढुवा सिफारिस सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्याउन सहमत भएका हुन्।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआइजीको दुई दरबन्दी थप्न सहमति भइसकेको छ । सहमति अनुसार अब बस्ने मन्त्रिपरिषदले औपचारिक निर्णय गरेर गृहले थप दुई जनाको बढुवा सूची निकाल्ने तयारी भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्