भोजपुरको कुन स्थानीय तहमा कुन बाणिज्य बैंक जाँदैछन् ?


 


काठमाडौं, साउन ६
वाणिज्य बैंकहरु स्थानीय तहमा जाने भएका छन् । उनिहरुले २ सय ४४ वटा स्थानीय तहमा शाखा खोल्नका लागि भागबण्डा समेत गरेका छन् ।

यसैबिच पूर्वि पहाडको भोजपुर जिल्लाका पाँचवटा स्थानीय तहमा चारवटा बाणिज्य बैंक जाने भएका छन् । नेपाल बंगलादेश बैंक साल्पा सिलिछो गाउँपालिकामा जाने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक पौवादुङ्मा गाउँपालिका जाने भएको छ । प्रभु बैंकले अरुण र हतुवागढी गाउँपालिकामा शाखा खोल्ने भएको छ । सिद्धार्थ बैंक षडानन्द नगरपालिका जान तयार भएको हो ।

आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र ट्याम्के मैयुङ गाउँपालिकामा बैंकहरु जाने सूचि तयार भएको छैन् ।

हाल ७ सय ४४ स्थानीय तहमध्ये ३ सय ३२ मा वाणिज्य बैंकको पहुँच पुगेको छैन् । बाँकी ४ सय १२ मध्ये तत्काल २ सय ५० स्थानमा जाने तयारी बैंकहरुले गरेका हुन् ।

यो क्रममा २ सय ४४ स्थानमा जाने सुची बैंकहरुले नै तयार गरेर राष्ट्र बैंकलाई बुझाएको हो । राष्ट्र बैंकले बैंकहरुको यो प्रस्तावलाई स्वीकार गरेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्