सुनको मूल्य बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, साउन ६
शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार रुपैयाँ पुगेको छ । हिजो (विहीबार) सुन प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो भने चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्