रामनाथ कोविन्द बने भारतको १४ औं राष्ट्रपति


 


काठमाडौं, साउन ५

 भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्द ६५.३५ प्रतिशत मत ल्याउँदै राष्ट्रपतिमा विजयी भए । उनले ७ लाख २ हजार ४४ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत अर्थात ३ लाख ६७ हजार ३१४ मत प्राप्त पाएकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।१९९४ मा उत्तर प्रदेशबाट राज्यसभाका लागि सांसद चुनिए उनी १२ वर्षसम्म राज्यसभा सांसद रहेका थिए ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्