बम समातेर फाल्ने हवल्दार असइमा बढुवा


 


काठमाडौ, साउन ५
दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन् ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको हो । रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए ।

रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनार्दन शर्माले थप राम्रो काम गर्न हौसला दिएका छन् । गृहमन्त्री शर्माको निर्देशनमा रानालाई बढुवा गरिएको हो ।

असार १४ गते भएको दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाएका थिए ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्