पूर्वराजा ज्ञानेन्द्र शाहको कस्तो छ स्वास्थ्य अवस्था ? अस्पतालले दियो यस्तो रिपोर्ट


 


काठमाडौँ, साउन ४
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा यादवदेव भट्टले पत्रकारहरुलाई जानकारी दिए ।

पूर्वराजा शाह आज बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । डा यादवले उनको स्वास्थ्य अहिले सामान्य रहेको भन्दै दुई÷तीन दिनभित्र स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गर्ने जानकारी दिए ।

पूर्वराजा शाहको उपचारमा मुटुरोग प्रमुख भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ्ग राणा संलग्न छन् ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्