शिक्षा अधिकारीमाथि नासुले गरे झापड र चप्पल प्रहार
जनकपुरधाम, साउन ४
अवैध निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पल प्रहार गरेका छन् ।
उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर्ता सञ्चालमा रहेका विद्यालयलाई कार्बाही गरेको भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका हुन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार