महानगरले बढायो सवारीसाधनमा कर, कुनमा कति ?
काठमाडौं, साउन ४
काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ । केही करमा सहुलियत दिएको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्याएको छ । आजको कान्तिपुरमा खबर छ ।
यसअघि दुई सय रुपैयाँ थियो । कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको बार्षिक एक हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो ।
प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार