सेयर बजारमा अंक वृद्धि, एक अर्ब २१ करोड बढीको कारोवार


 



काठमाडौं, साउन  ३

नयाँ आर्थिक वर्ष सुरु भएसंगै सेयर बजारमा अंक वृद्धि हुँदै गएको छ । नेपालको पूँजि बजारमा नयाँ आर्थिक बर्ष सुरु भएको तेस्रो दिन मंगलबार उच्च अंकले वृद्धि भएको छ ।

मंगलबार बजार ३४.२६ अंकले बढेको छ भने बजार एक हजार ६ सय ३८.४१ अंकमा पुगेको छ । एक सय ५५ कम्पनीको १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयर किनवेच भएको मंगलबार एक अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बैंकिङ समूहको सूचक २७.२५ अंकले उक्लिदा होटल समूहको सूचक ६१.५२ अंकले बढेको छ । बिकास बैंक समूहको सूचक २५.२ अंकले उक्लिएको आज जलविद्युत समूहको सूचक ३८.९९, वित्त समूहको सूचक ५.९५ अंकले बढेको छ ।

बीमा समूहको सूचक ४ सय १६.६३ अंकले बढेको मंगलबार उत्पादनमुलक समूहको सूचक २०.७२ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्