संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा राष्ट्रबादीद्वारा प्रदर्शन


 


काठमाडौं, साउन ३

राप्रपाबाट विद्रोह गरेर बाहिरिएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले मंगलबार राजधानीमा संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै प्रदर्शन गरेको छ ।

एकीकृत राप्रपा राष्ट्रबादीले मंगलबार काठमाडौको बबरमहलबाट निकालेको र्याली माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई एकीकृत राप्रपा राष्ट्रबादीका नेता डा प्रकासचन्द्र लोहनी, नेता केशरबहादुर विष्ट, तारानाथ लुइटेललगायतले सम्बोधन थिए ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्