लाइसेन्स वितरण रोकेको विरोधमा प्रदर्शन, यातायात सेवा अवरुद्ध


 



काठमाडौं, साउन ३
चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै यातायात व्यवस्था कार्यालय बाग्मतीमा सेवाग्राहीले नाराबाजी तथा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले एकान्तकुनामा यातायात सेवासमेत अवरुद्ध गरेका छन् ।

चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । तर, आइतबार सर्बर विग्रिएको भन्दै सेवा बन्द गरिएपछि सेवाग्राही प्रदर्शनमा उत्रेका हुन् । आइतबार पहिलो दिन झण्डै ५ सयले आवेदन दिएका थिए ।

सर्बर विग्रिएर अनलाइन आवेदन दिन नपाएकाहरुले कार्यालयमै पुगेर लिखिन आवेदन दिएपनि कर्मचारीहरुले नमानेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ । सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्