जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो


 


टोकियो, साउन २

जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ ।

गत जुलाई पाँचमा भिषण र अविरण बर्षापछि आएको बाढी पहिरोमा परी अरु सात जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको हो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा हराईरहेकाहरुको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरुको काठ निकाल्न सोमबार पनि २७ हजार जना जापानको प्रतिरक्षा बल (एसडीएफ) र अग्नि नियन्त्रक खटिएका छन् ।

त्यसैगरी झण्डै नौ हजार जना स्वयमसेवकहरु पनि बाढी पहिरोले क्षति पुर्याएको ठाँउमा सहयोगका लागि क्रियाशिल रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रकोप प्रभावित क्षेत्रमा सोमबार उच्च तापक्रम महशुस गरिएको छ । स्थानीय असाकुरा र हिटा भन्ने दुई ठाँउ निकै गर्मी हुने ठाँउ मानिन्छन् । ती दुई ठाँउमा सोमबार क्रमशः ३४.८ र ३६.२ डिग्री सेल्सीयस ताप मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्