सेती नदीले बगाउँदा तीनजना मजदुर बेपत्ता


 


पोखरा, असार ३

पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् ।

सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।

बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार सँगै नुहाउने गोम्छे नेपालीले खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगी बेपत्ता भएकाहरुको खोजी तीव्र पारिएको छ । रासस

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्