खाल्डाखुल्डी पुर्ने जिम्मा तीन सचिवलाई


 


काठमाडौं, साउन ३

सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।

तयसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागु गर्न निर्देशन गरेको छ ।

‘प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवालय बोलाएर काम गर्न निदैशन दिएको छु’, प्रधानमन्त्री कार्यालका सचिव चन्द्र घिमिरेले भने, ‘उहाँहरुले सोहीअनुसार काम गर्दे जानुहुनेछ’ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्