गर्भवती बनाई पीडित ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला !


 


भोजपुर, साउन ३

भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् ।

छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन् ।

साधनाका बुवा नेवार र आमा दलित समुदायकोभएको भन्दै केटा पक्षले दलितको छोरी नभित्र्याउने भम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँनिकाला गरिएको हो । गाउँनिकालापछि धरान झरेको बालिकाको बिचल्ली भएको छ । आजको नागरिक दैनिकमा खबर  छ ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्