नेपाल उज्वेकिस्तानसँग पराजित


 


काठमाडौँ, साउन २

एएफसी तेइस वर्षमुनि (यु २३) च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग दुई शून्यको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल आयोजक युएईसँग पाँच शूय गोलअन्तरको पराजित भएको थियो ।

उज्वेकिस्तानको जितमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत खेलको २१ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए ।

त्यस्तै खेलको ८०औँ मिनेटमा उज्वेकिस्तानका अर्का खेलाडी गानिएभ अजिजोनले थप एक गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । नेपालले केही राम्रो आक्रमण गरे पनि त्यसको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्