प्रधानन्यायाधीश पराजुलीले सम्हाले कार्यभार


 


काठमाडौं, साउन २

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन् । उनी देशको २७ औं प्रधानन्यायाधीश बनेका छन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाए लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् ।
०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका आगामी बैशाख १५ गतेसम्म पदमा रहनेछन् ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्