भोट हाल्न लाइनमा बसेकी वृद्धाको गोली हानेर हत्या


 



भेनेजुएला, साउन २
भेनेजुएलाको राजधानी काराकासमा प्रतिपक्षले आयोजना गरेको सांकेतिक जनमत संग्रहमा भोट हाल्न लाइन बसिरहेकी ६१ वर्षीया नर्समाथि गोली हानिएको छ ।

मोटरसाइकलमा सवार बन्दुकधारीले चलाएको गोलीले उनको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
प्रतिपक्षले अर्धसैनिक बललाई यसको दोषी ठहराएको छ ।

भेनेजुएलामा अहिले तनावको स्थिति छ । राजनीतिक गतिरोधका कारण गत अप्रिलदेखि यहाँ सय भन्दा बढिको मृत्यु भएको छ ।

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएको छ । गत अप्रिलपछि भएका राजनीतिक हिंसा तथा झडपका घटनामा परी १०० बढी मानिसको ज्यान गइसकेको छ ।
भेनेजुएलामा जुलाई ३० एसेम्बलीको मा चुनाव हुँदैछ, जसलाई संविधान पुनर्लेखन गनर्जे र प्रादेशिक संरचनाहरु विघटन गर्ने अधिकार समेत दिइएको छ । बीबीसी

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्