पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ


 


झापा, साउन २

झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।

 

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्