कनकाई नदीमा बगेर एक जनाको मृत्यु


 


सुरुङ्गा (झापा), साउन २

कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ ।

प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएका थिए । रासस

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्